सेतोकण्ठे धिप्सी नेपालमा पाइने एक प्रकारको चराको नाम हो। विश्वमा यसको संख्या लगभग ३,००० देखि १५,००० को बीचमा रहेको अनुमान छ। यो प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा संवेदनशील अवस्थामा सूचिकृत छ।[१] यसलाई अङ्ग्रेजीमा ह्वाइट-थ्रोटेड बुस च्याट (White-throated bush chat) भनिन्छ।
भाले सेतोकण्ठे धिप्सीको कण्ठको सेतो फैलिएर लगभग पूरै सेतो कठालो बनाउँछ र झेकझेक झेप्सीको दाँजोमा पखेटामा बढी सेतो हुन्छ। पोथी सेतोकण्ठे धिप्सीको पङ्खरेखी र मुख्य ढकनीको टुप्पो तिर चौडा मैलामैलो सेतो हुन्छ।
सेतोकण्ठे धिप्सी हिउँद मौसममा नेपाल तथा भारतका केही भूभागमा बसोबास गर्छ भने गृष्म मौसममा कजाख्स्तान, मङ्गोलियाका पहाड तथा रसियाका केही भूभागमा बसोबास गर्छ। नेपालको सन्दर्भमा यो चरा चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँट वन्यजन्तु आरक्ष तथा लुम्बिनी सारस संरक्षण क्षेत्रमा पाइएको अभिलेख छ। साथै भारतमा काजिरङ्गा, मानस तथा जिम कर्बेट राष्ट्रिय निकुञ्जहरूमा पाइएको अभिलेख छ।
सेतोकण्ठे धिप्सी नेपालमा पाइने एक प्रकारको चराको नाम हो। विश्वमा यसको संख्या लगभग ३,००० देखि १५,००० को बीचमा रहेको अनुमान छ। यो प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा संवेदनशील अवस्थामा सूचिकृत छ। यसलाई अङ्ग्रेजीमा ह्वाइट-थ्रोटेड बुस च्याट (White-throated bush chat) भनिन्छ।