लामखुट्टे एक प्रकारको परजिवि कीरा हो। लामकुट्टेले मान्छे तथा पशुहरूको शरिरको रगत चुसेर एक प्राणीबाट अर्को प्रणिमा विभिन्न प्रकारका रोगहरू सार्ने गर्दछ । लामखुट्टेहरू धेरै प्रजातिका हुन्छन ।कतिपए प्रजातिका लामखुट्टेहरू त आफैमा विषालु पनि हुन्छन ।
गर्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढी रहेको छ । लामखुट्टेको टोकाइबाट कीटजन्य रोग(औलो मलेरिया, डेंगू, जापानिज इन्सेफ्लाइटीस, चिकन गुनीया, हात्तीपाइले) लगायत रोग लाग्ने गर्छ । कीटजन्य रोगबाट बच्ने प्रमुख उपाय नै लामखुट्टेको टोकाइबाट बच्नु हो । तपाईंलाई लामखुट्टेले टोकेर हैरान पारेको छ भने घरेलु उपचार पद्धतिबाटै यसको निदान गर्न सकिन्छ । घरेलु उपायबाट पनि सहजै यसको उपचार गरेर लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।
लामखुट्टे भगाउनको लागि मानिसहरुले अनेक उपाय लगाउने गर्छन् । हुन पनि हो लामखुट्टेको टोकाइबाट कयौं सुरुवा रोगहरु लाग्ने गर्छन् । सोही रोगहरुबाट बच्न लामखुट्टे भगाउन मानिसहरुले अनेक उपायहरु लगाउने गर्छन् । अझै कतिपयहरु धूप बालेर लामखुट्टे भगाउने गर्छन् । जुन स्वास्थ्यका लागि निकै हानिकारक छ । लामखुट्टे भगाउने धूपमा भएको रेपेलेन्टले मानिसको स्वास्थ्यमा हानि गर्छ । दैनिक सात घन्टाभन्दा लामो समय यस्तो धूपमा बस्दा श्वासप्रश्वासका माध्यमबाट फोक्सोलाई गम्भीर असर पार्न थाल्छ । त्यसैले लामखुट्टेबाट बच्ने सबैभन्दा गतिलो उपाय हो झुलमा सुत्ने । साथै सस्र्यूं या नीमको तेल बाल्ने, कोठामा कपुर जलाउने, लेमन ग्रासको पात जलाएर पनि लामखुट्टे भगाउन सकिन्छ ।